BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

बिष्णु खड्का :रामेछाप जिल्लाको बिगट क्षेत्र बाम्तिमा जन्मिएर नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका लागि बिगत निकै लामो समय यता क्रियासिल रामेछापका युवा कलाकार रामकुमार कार्कीले एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा ल्याइरहेका छन् । उनले यस अगाडी अब त गाउँ मै गइन्छ, घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, कालापानी हाम्रै हो, कलियुगका केटि, लगाएतका दर्जन हाराहारी गीतहरु बजारमा ल्याइसकेका छन् ।
कलाकार रामकुमारका गीतहरु आफ्नै कला संकृति र मौलिकताका घेराबाट कहिले बाहिर गएनन् । हसिलो अनुहार गाउँको हावा र पानी र रहन सहन , माटोमा ठ्याक्कै मिल्ने गायक रामकुमार कार्कीले मौलिक गीतका हस्ति भनेर चिनिन्छन । “म त लाहुरे” बोलको गीत रामकुमार कार्कीको आफ्नै युटुब च्यानलबाट रिलिज भएको छ । उक्त गीतमा रामकुमार कार्की सहित रामेछापकै गायिका कमला खड्काको स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय शब्द रामकुमार पौडेलको रहेको छ ।गायक रामकुमार कार्कीको सर्जक रामकुमार पौडेल संग यो तेश्रो सहकार्य हो । यस अगाडी उनले जे गरेनी चल्यो, घर त मेरो रामेछाप जिल्ला, बजारमा आइसकेका छन् ।
“म त लाहुरे” बोलको गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी, रामचन्द्र बोहरा, सुजन थापा, रुपेश दानी, प्रेम खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन् ।

गाउँका कुना कुनाकुनामा पनि उनका गीत घन्कन्छन

गायक रामकुमार कार्की मौलिक गीतको सर्जक तथा गायक भनेर चिनिन्छन । गाउँका कुना कुनामा गायक कार्कीका गीत रेडियो टिभी तथा मोबाईलमा घन्कन्छन । अबत गाउँमै गईन्छ। जे गरेनी चल्यो, म त लाहुरे, घर त मेरो रामेछाप जिल्ला जस्ता मौलिक गीत प्राय मन नपराउने बिरलै होलान । यति मिठो गीत गाउँने बाबुलाई भेटनु पाए कति भाग्यमानी हुन्थे गुम्देल रामेछापकी एक बृद्ध हजुरआामाले सिदा खबरलाई भन्नु भयो । हजुरआमा त एक उदाहरण मात्र हो । यस्ता थुप्रै गायक कार्कीका फ्यानहरु भेटिन्छन ।

स्टेज पाउँदा मेरो गीत गाईन्छ तर मेरो त नाम निसाना कहाँ हराउँछ हराउँछ

एउटा दुईटा गीत गायका कलाकार भन्ने हरु मेरै ट्याक कपि गर्दैे गीत गाएको पाइन्छ त, गायक कार्कीको न त नाम लिईन्छ न त्यस्ता कार्यक्रममा स्थान न‌ दिईन्छ । सिदा खबर सँग बताउनु भयो । पछिल्लो समयमा नाङ्गिने र छाडापन झल्कने गीतलाई कार्यक्रममा स्थान दिएको प्रति गायक कार्कीले खुलेर बिरोध गर्दछन । यस्ता मौलिक गीत गाउने कलाकार लाई राज्यले संरक्षण गर्नु प्रमुख दायित हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय