
देश तथा बिदेशमा समेत लोकप्रिय बन्दै आईरहेको लोकप्रिय कार्यक्रम इन्द्रेणी अब हिमालयन टेलिभिजन बाट प्रशारण हुने भएको छ । हरेक साँझ ६ बजे देखि ७ बजे सम्म प्रशारण हुने उक्त कार्यक्रमको पुन प्रशारण रातको १० बजे र बिहान ५ बजे प्रशारण हुने इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेलले बताउनु भयो ।
यस अगाडी इन्द्रेणी एबिसी टेलिभिजनबाट हरेक दिन सोहि समय दर्शकले हेर्दै आएका थिए। एबिसी टेलिभिजनमा लामो समय देखि प्रशारणमा रहेको इन्द्रेणी झन्डै ३ महिनादेखि प्रशारणमा आएको थिएन । इन्द्रेणीको युटुब च्यानलबाट प्रसारण भईरहेपनि टेलिभिजनको पर्दामा नदेख्दा दर्शकहरुलाई खल्लो महसुस भईरहेको थियो ।