BREAKING
लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | | लिखुहाईड्रोपावरमा कार्यरत ५ जना मजदुरमा कोरोणा संक्रमन पुष्टि | लिखुपिके ५ मा चट्याङ लागेर एक महिला घाइते | उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए | पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा काेराेना सक्रमन | कोरोणाका कारण लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय बिहिबारबाट बन्द | वाइसियल नेपाल लिखुपिके गाउँपालिका भेला सम्पन्न | रामेछापको गोकुलगंगा गाउँपालिकामा २ शिक्षक र ४ विद्यार्थी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि | नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट एकै दिन २८ जनाको ज्यान गयो |

ओखलढुंगा । ओखलढुंगाको सबै भन्दा दुर्गम मानिने ककनी गाउँमा सडक पुगेको छ । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ९ मा पर्ने भौतिक विकासमा निकै पछि परेको ककनी गाउँलाई सडक सञ्जालमा जोडिएको हो ।
भौगोलिक हिसाबले विकट रहेको ककनी सम्म सडक पु¥याउन वडा कार्यालयले ३ वर्ष अघि देखि पहल थालेको थियो । वडाको बजेटले मात्र सम्भव नभएपछि संघ र प्रदेश सरकारको आर्थिक सहयोग तथा स्थानीय तहको समन्वयमा ककनी सम्म मोटरबाटो पु¥याईएको सुनकोशी गाउँपालिका वडानम्बर ९ का वडाअध्यक्ष झनककुमार कार्कीले बताए । ‘जिल्लाकै दुर्गम मानिने ककनी अब सुगम बनेको छ ।’ उनले भने, ‘सडकको ट्याक खोलियो । अन्य पूर्वाधार विकासका काम पनि सुरुवात गरिएको छ । ककनीको परिचय हामी बदल्दै छौं ।’ चुनावी घोषणा पत्रमा उल्लेख गरिएका विषयलाई समेट्दै स्थानीयको माग र आवश्यकताका आधारमा विकास निर्माणका काम अघि बढाईएको वडाअध्यक्ष कार्कीको भनाई छ ।


समृद्धिको पहिलो आधार मानिने सडकले गाउँलाई छोएपछि स्थानीयलाई आवतजावत र सामान ढुवानीमा सहज भएको छ । सुनकोशी ९ मा पर्ने कटुञ्जेमा सडक पुगेको करिब १ दशक भयो । तर सोही वडाको ककनीमा सडकको पहुँच नपुग्दा त्यहाँका स्थानीय ढाकर टेकुवाको भरमा सामान बोक्न बाध्य थिए । सवारीमा यात्रा गर्नुपर्दा घण्टौं हिडेर कोषहाट पुग्नुपर्ने बाध्यता थियो । बिरामीलाई अस्पताल लैजाँदा गाउँबाट डोकोमा बोकेर सडक भएको ठाउँसम्म प¥याउनु परेको सम्झँदै अब त्यस्ता दुःखका दिन सकिएको ककनीकी ६० वर्षिया चन्द्रकला सुनुवार बताउँछिन् । ‘हामीले त जिन्दगीभर ढाकर टेकुवा र पोकापन्दरामा नुन, चामल बोकेर खाईयो । गाडी चड्न उ तल चार घण्टा हिडेर जानुपथ्र्यो ।’ उनले भनिन् ‘सुत्केरी व्यथा लागेकालाई डोकामा बोकेर भिरको बाटोपनि कति हिडियो, हिडियो, अब गाउँमै सडक आयो, गाडी आए । हिँजोअस्ति सम्म दिक्क लाग्ने गाउँ अहिले स्वर्ग जस्तो लाग्न थाल्यो ।’ सडकको पहुँच र पूर्वाधार विकासका काम नहुँदा सुख सुविधाको खोजिमा ककनीबाट बसाइ सरेर स्थानीय अन्यन्त्र जान थालेका थिए ।
विकास निर्माणका कुरा सपना जस्तैलाग्ने कटुञ्जेको ककनीका स्थानीय अहिले गाउँमा धमाधम विकास निर्माणका काम भएपछि खुसी भएका छन् । सडकको पहुँचसँगै अन्य पूर्वाधार विकासका कामले गति लिने आशा गरिएको ककनी सडक उपभोक्ता समितिका अध्यक्ष समेत रहेका स्थानीय अगुवा नरबहादुर सुनुवारले बताए । ‘गाउँमा गाडी आएको छ । यतिबेला सिङ्गो ककनी गाउँमा खुसी छाएको छ ।’ उनले भने, ‘पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको ककनी अब विकासमा अघि बढेको छ । जनप्रतिनिधि ज्यूहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं ।’ संघिय सांसद यज्ञराज सुनुवारले गतवर्ष स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको बजेटमा ककनी मोटरबाटोलाई प्राथमिकतामा राखेका थिए ।

प्रदेश नम्बर १ को प्रसिद्ध तथा ओखलढुंगा जिल्लाकै चर्चित धार्मिक स्थल चम्पादेवी र तीनछाँगे झरनाको बिचमा पर्ने ककनी गाउँ कृषि उत्पादन र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको ठाउँ हो । गाउँको उत्पादन बजारीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सडकले सहयोग पुग्ने स्थानीयको अपेक्षा छ । oniline saroker.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय