BREAKING
लामो समयको अन्योलका बिच हिमगंगा माबिमा अभिभावक भेला | बत्ति मुनिको अन्धकार लिखुपिके ६ दिनदेखि अबरुद्ध | जन्मभुमि बचत तथा ऋण सहकारीको १० ओैँँ साधारण सभा सम्पन्न, १२ लाख भन्दा माथि मुनाफा | ओखलढुंगाका कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन | गायिका सरिताको नाम्चे बजार चर्चाको शिखरमा | लिखुपिकेमा चट्याङ लागेर दुई महिला घाइते | बिधुत सट भएर लिखुपिके २ मा एक घर जल्यो | उमाकुण्ड गाउँपालिकाको नबौँ गाउँसभा सम्पन्न | काँग्रेस सोलुखुम्बु द्वार बिकास निर्माणका कार्यहरुलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण | हिउँमा कठ्याङग्रिएर जिल्ला हुलाक कार्यलयका एक कर्मचारिको ज्यान गयो |

सोलुखुम्बु : नेपाली काँग्रेस सोलुखुम्बुले संगठन सुदृढीकरण अभियानलाई पुण निरन्तर्ता दिएको छ, मङगलबार थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमको लामुडाँडा आधारभुत विद्यालयमा वडा सभापति पदम बहादुर राई को सभापतित्व एवं नेपाली काँग्रेस महासमिति सदस्य जय प्रसाद राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले वर्तमान स्थानीय सरकार का प्रतिनिधिहरुको व्यबहार र कार्यशैली अत्यन्तै अराजक र राणाकालीन शासकको जस्तो जनविरोधी रहेको र यसको जवाफ काँग्रेसले जिम्मेवार भई राजनैतिक तवरले दिने, काँग्रेस सँधै संयमित भै अगाडि बढ्ने अन्त्यमा जित काँग्रेसकै हुने बताएको नेपाली काँग्रेस सोलु जिल्ला कार्य समिती प्रचार प्रसार बिभाग सदस्य देबीध्वज खड्काले सिदा खबरलाई बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिस्ट अतिथि नेपाली काँग्रेस जिल्ला सहसचिव कुशराज राईले अहिले माथिदेखी तल्लो तहसम्म जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको, विभिन्न शिर्षकमा खुल्लेआम भ्रस्टाचार भएकोबारे जनतालाई सुसुचित गराउनुपर्ने यसैगरी जानाजान जनताको भविस्य र जनताको अधिकार विरुद्ध खेलवाड गरिरहे काँग्रेसले जनताको साथ लिएर कडा कदम चाल्न तयार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पुर्व जिल्ला सदस्य भक्त बहादुर गुरुङ , जिल्ला सदस्य एवं प्रवक्ता सन्तोष कट्टेल, पुर्व तरुण दल अध्यक्ष एवं युवानेता जीवन गुरुङ , गाउँपालिका सभापति महेन्द्रदीप राई, तरुण दल जिल्ला सचीव शेखर बस्नेत ,नेपाली काँग्रेसका पालिका सदस्य खेम बहादुर गुरुङ,नेपाल लेखक संघ सोलुखुम्बु का अध्यक्ष सुवास सङगम राई ,ने. वि. संघ जिल्ला उपाध्यक्ष जीवन बस्नेत लगायत ले बोल्नुभएको थियो भने सयौंको उपस्थिति रहेको थियो। यसैबीच फुरा पासाङ तामाङको अध्यक्षतामा २६ सदस्यीय नेपाली काँग्रेस वुथस्तरिय टोलसमिती गठन गरिएको छ, समितिको उपसभापतिमा दाडेन्डी शेर्पा ,सचिवमा लाक्पा तामाङ ,सह सचिवमा रामकाजी तामाङ, कोषाध्यक्षमा छम्जी शेर्पा रहेका पनि प्रचार प्रसार बिभाग सदस्य खड्काले बताउनु भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय