BREAKING
लामो समयको अन्योलका बिच हिमगंगा माबिमा अभिभावक भेला | बत्ति मुनिको अन्धकार लिखुपिके ६ दिनदेखि अबरुद्ध | जन्मभुमि बचत तथा ऋण सहकारीको १० ओैँँ साधारण सभा सम्पन्न, १२ लाख भन्दा माथि मुनाफा | ओखलढुंगाका कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन | गायिका सरिताको नाम्चे बजार चर्चाको शिखरमा | लिखुपिकेमा चट्याङ लागेर दुई महिला घाइते | बिधुत सट भएर लिखुपिके २ मा एक घर जल्यो | उमाकुण्ड गाउँपालिकाको नबौँ गाउँसभा सम्पन्न | काँग्रेस सोलुखुम्बु द्वार बिकास निर्माणका कार्यहरुलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण | हिउँमा कठ्याङग्रिएर जिल्ला हुलाक कार्यलयका एक कर्मचारिको ज्यान गयो |

रामेछाप : सरकारले रामेछापको उमाकुण्ड गाउँपालिकाका उपचार हुन नसक्ने गर्भवती र सुत्केरी महिलाको निशुल्क रुपमा हेलिकोप्टरबाट उद्दार गर्ने निर्णय गरेको छ । सरकारले गरेको निर्णय यस बर्षबाट कार्यान्वयनमा आउने भएको हो ।

सरकारको निर्णयप्रति उत्साहित भएको उमाकुण्ड गाउँपालिकाले सबै वडाभित्र हेलिप्याड निर्माण गर्ने भएक छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले यस कार्यमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा महिला तथा बालबालिका मन्त्रालयलाई धन्यवाद दिनुभयो ।
भौगोलिक रुपमा गाउँपालिकाभित्रका गर्भवती र सुत्केरीलाई समयमा नै अस्पताल पुर्याउन निकै सास्ती थियो,अब सरकारको निर्णयसँग तत्काल उद्दार हुने कुराले हामी खुसी छौं ।’ अध्यक्ष सुनुवारले सिदा खबरलाई बतनउनु भयो ।
अध्यक्ष सुनुवारले गाउँपालिकाभित्रका सात वटै वडाको पायक पर्ने स्थानलाई मध्यनगर गर्दै यसै बर्ष सुविधा सम्पन्न हेलिप्याड निर्माणको काम अगाडि बढाइने बताउनुभयो । आशा गरौ कतिपय दुर्गम क्षेत्रका गर्भवती महिला सुत्केरी हुन नसकि अकालमै ज्यान जान अब पर्दैन । यसप्रती गाउँपालिकालाई धन्यबाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय