BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु : यरुआन मल्टिपर्पोज एग्रो फार्म प्रा.लि को समन्वय तथा लिखुपिके गाउँपालिका वडा न २ को आयोजनामा ३ दिने कृषि अभिमुखिकरण तथा प्रांगारिक मल सम्बन्धी तालिम सोमबारबाट वडा न २ को वडा कार्यलयमा सुरु भएको छ । नेपाल कृषि प्रधान देश भएता पनि सँधै बाहिरि देशसँग कृषिमा आत्मानिर्भर हुनुपर्ने बाध्यता हटाउन पनि यस्ता तालिमले सहयोग पुग्ने भन्दै रासायनिक मलको प्रयोग हैन प्राङगारिक मल नै खेत बारीमा प्रयोग गर्न प्राङगारिक मल प्रशिक्षक चन्द्र बहादुर श्रेष्ठले कृषकलाई आग्रह गर्नुभयो ।
त्यस्तै स्थानिय स्थरमा उत्पादित कृषि उपजहरुलाई स्थानिय स्थरमै बजारीकरण गर्दै महिला शशक्तिकरण लाई समेत माथि उठाउन यस्ता तालिमले फाईदा पुर्याउने एरूआन मल्टिपर्पोज सहर्जकर्ता शसि लामाले सिदा खबरलाई बताउनु भयो ।

वडाका अगुवा कृषक सहित करिब ५० जना कृषकहरुको सहभागिता रहेको तालिमले कृषकहरुलाई थप सहयोग पुगोस भनेर तालिमको आयोजना गरिएको वडा न २ का वडा अध्यक्ष रमेश कुमार बस्नेतले बताउनु भयो । वडा सदस्य शमसेर तामाङ लगायत कृषि शाखा लिखुपिकेका कार्यरत कर्मचारीहरुको समेत उपस्थिति रहेको छ । हो आशा गरौ बेला मौकामा हुने यस्ता तालिमबाट कृषकलाई थप सेवा पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय