BREAKING
भिडबाट लडेर अचेत अबस्थामा रहेका उमाकुण्ड १ पेकानासका सरोज बस्नेतलाई आर्थिक अभाब | राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय महाधिवेशन चैत २८ र २९ मा गर्ने घोषणा | बुद्ध माबिको भवण नै नबनी गीट्टि र बालुवामा बिरोध | उमाकुण्ड गाउँपालिकामा रहेका सबै सामुदायिक बिद्यालयमा आजबाट नियमित कक्षा सञ्चालन | पहाडी जिल्ला सोलुखुम्बुमा ट्रेडयुनियन काङ्ग्रेस ले श्रमिकहरु संग गर्‍यो अन्तरक्रिया | रामेछाप साँस्कृतिक कलाकार समाज स्थानिय तहसम्म बिस्तार अध्यक्षमा जिवन घताने | लिखुपिके गाउँपालिकाको किन्जा खोलामा सुमो दुर्घटना हुँदा चालक घाईते | सांगितिक क्षेत्रमा चम्किलो एक तारा गायक तथा सर्जक रामकुमार कार्की | सगरमाथाको उचाइ बढ्यो | दोलखाको भिमेश्वर मन्दिरका देबता भिमसेनलाई १८ ओैँ पटक पसिना |

सोलुखुम्बुका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा यहाँ निर्माणाधिन सोलुखोला दुधकोशी हाईड्रोपावर (८६ मेगावाट)मा काम गर्ने कर्मचारी तथा अन्य कामदार सहित स्थानीय रहेका छन् । 

यस अघि परीक्षण गरीएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेका ४५९ जनाको स्वाब संकलन गरि परीक्षणमा पठाईएको थियो । गाउँपालिका अध्यक्ष असिम राईका अनुसार जिल्लामा कोरोना संक्रमण बढ्दैगएपछि हाईड्रोपावरमा काम गर्ने कर्मचारी, कामदार र उनीहरुको सम्पर्कमा रहेका स्थानीयको तत्काल पिसिआर परीक्षण गरि उपचारको व्यवस्था गर्न गाउँपालिकाले निर्देशन दिएको थियो । 

सोही निर्देशनपछि हाईड्रोपावरले उनीहरुको स्वाब संकलन गरी बबरमहल स्थित ईन्टरपेड मेडटिच अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । यस अघि तल्लो सोलुखोलामा निर्माणाधिन (८२ मेगावाट) मा १८ जना काम गर्ने कर्मचारी तथा कामदारमा कोरोना पुष्टि भएको थियो भने उनीहरुको होटल आईसोलेशन काठमान्डौमा उपचार भईरहेको आयोजनाले जनाएको छ । यस्तै लिखु खोलामा निर्माणाधिन हाईड्रोपावरमा काम गर्ने ४९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । 

सदरमुकाम सल्लेरीको समुदाय स्तरमा गरिएको परीक्षणमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी र व्यवसायीमा समेत कोरोना देखिएको थियो भने खुम्बुपासाङ ल्हामु गाउँपालिकामा पनि ५ जनामा संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय