BREAKING
भिडबाट लडेर अचेत अबस्थामा रहेका उमाकुण्ड १ पेकानासका सरोज बस्नेतलाई आर्थिक अभाब | राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय महाधिवेशन चैत २८ र २९ मा गर्ने घोषणा | बुद्ध माबिको भवण नै नबनी गीट्टि र बालुवामा बिरोध | उमाकुण्ड गाउँपालिकामा रहेका सबै सामुदायिक बिद्यालयमा आजबाट नियमित कक्षा सञ्चालन | पहाडी जिल्ला सोलुखुम्बुमा ट्रेडयुनियन काङ्ग्रेस ले श्रमिकहरु संग गर्‍यो अन्तरक्रिया | रामेछाप साँस्कृतिक कलाकार समाज स्थानिय तहसम्म बिस्तार अध्यक्षमा जिवन घताने | लिखुपिके गाउँपालिकाको किन्जा खोलामा सुमो दुर्घटना हुँदा चालक घाईते | सांगितिक क्षेत्रमा चम्किलो एक तारा गायक तथा सर्जक रामकुमार कार्की | सगरमाथाको उचाइ बढ्यो | दोलखाको भिमेश्वर मन्दिरका देबता भिमसेनलाई १८ ओैँ पटक पसिना |

सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुले आफ्नो पार्टीमा योगदान दिने विभिन्न नेता तथा क्रीयासिल सदस्य हरु गुमाएको प्रति दुःख ब्यक्त गरेको छ । २०७७ कार्तिक ११ गते ८६ बर्षका खुम्बुपासाङल्हमु गाउँपालिका लुक्ला निवासी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एंब नेपाली कांग्रेसका नेता कृष्ण नेपाली , २०७७ कार्तिक १२ गते ७१ बर्षका थुलुङ् दुधकोशी गाउपालिका सिमखर्क नेले निवासी बिगतको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनिय योगदान दिनु भएका,अबकाश प्राप्त शिक्षक नेपाली कंग्रेसका क्रीयासिल सदस्य श्रद्वेय टेकजंग थापा एंब २०७७ कार्तिक १२ गते नै ८९ बर्षका थुलुङ् दुधकोशी गाउपालिका रुकुरा नेले निवासी नेपाली कांग्रेसको तर्फबाट निर्बाचित थुलुङ् दुधकोशी गाउपालिका-१ नेले वडा कार्यसमितिका उपाध्यक्ष चुडाबहादुर बस्नेतका पिता श्रद्वेय चक्र बहादुर बस्नेतको निधन प्रती नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समिति र नेपाली कांग्रेस जिल्ला कार्यसमिती प्रचार प्रसार बिभाग प्रमुख नवीन थापाले स्वर्गीय नेता तथा क्रीयासिल सदस्यहरु प्रती शोक बक्तब्य निकाल्नु भएको नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समिती प्रचार प्रसार बिभाग सदस्य देबिध्वज खड्काले सिदा खबरलाई बताउनु भयो । शोक बक्तब्यमा सोलुखुम्बु नेपाली कांग्रेस गहिरो दुख व्यक्त गर्दै भाबपुर्ण श्रद्धाञ्जली अर्पण गरेको पनि खड्काले बताउनु भयो । उहाँहरुको निधनले नेपाली कांग्रेसलाई अपुुुुर्ण क्षति पुगेको महसुस भएको नेपाली काँग्रेस सोलुखुम्बुले जनाएको छ । दुखत घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनहरुलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै भाबबिह्विल परिवारजनप्रती नेपाली कांग्रेस जिल्ला कार्यसमिति गहिरो समबेदना प्रकट समेत बिज्ञप्तीमा उल्लेख गरेको छ ।

  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय