BREAKING
भिडबाट लडेर अचेत अबस्थामा रहेका उमाकुण्ड १ पेकानासका सरोज बस्नेतलाई आर्थिक अभाब | राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय महाधिवेशन चैत २८ र २९ मा गर्ने घोषणा | बुद्ध माबिको भवण नै नबनी गीट्टि र बालुवामा बिरोध | उमाकुण्ड गाउँपालिकामा रहेका सबै सामुदायिक बिद्यालयमा आजबाट नियमित कक्षा सञ्चालन | पहाडी जिल्ला सोलुखुम्बुमा ट्रेडयुनियन काङ्ग्रेस ले श्रमिकहरु संग गर्‍यो अन्तरक्रिया | रामेछाप साँस्कृतिक कलाकार समाज स्थानिय तहसम्म बिस्तार अध्यक्षमा जिवन घताने | लिखुपिके गाउँपालिकाको किन्जा खोलामा सुमो दुर्घटना हुँदा चालक घाईते | सांगितिक क्षेत्रमा चम्किलो एक तारा गायक तथा सर्जक रामकुमार कार्की | सगरमाथाको उचाइ बढ्यो | दोलखाको भिमेश्वर मन्दिरका देबता भिमसेनलाई १८ ओैँ पटक पसिना |

 क्व्होँलासोंथर गाउँपालिका–८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ । हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो ।

मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीबाट तेल उत्पादन थालिएको हो । हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले ६ सय केजी तितेपातीबाट एक लिटर तेल उत्पादन हुने बताए ।

कम्पनीले स्थानीयसँग प्रतिकेजी चार रुपैयाँमा तितेपाती खरिद गर्ने गरेको छ । गुरुङका अनुसार सो मेसिन जडान गर्नका लागि २६ लाख रुपैयाँ खर्च लागेको छ । १४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम कम्पनीका सञ्चालकले लगानी गरेका छन् । 

पातीको तेल अमेरिका, जापान, युरोपमा बिक्री गरिन्छ । तेलको बजार मूल्य प्रति लिटर ७ देखि १० हजार रुपैयाँ रहेको छ ।  तीतेपातीसँगै रोजमरी, तुलसी, जेनेमियमको उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । कम्पनीले नै नर्सरी स्थापना गरी विरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई वितरण गर्ने गरेको छ ।

अन्नपूर्ण पोष्ट copy

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय