BREAKING
संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न | ऐतिहाँसिक लिखुपिके ५ भकान्जेमा पुण निर्माणमा रहेको गुम्बाको ९० प्रतिशत काम पुरा | खिजीकातीका विद्यार्थीलाई चिसोबाट जोगाउन तातो जुत्ता वितरण | समृद्धि बचत तथा ऋण सहकारी सँस्थाको भवण उदघाटन |

रामेछाप चाडपर्ब नजिकिदै गर्दा उमाकुण्ड गाउँपालिकाले गाउँपालिका भित्र रहेका मुख्य बजारहरुमा अनुगमण गरेको छ । उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीको संयोजकत्वमा गएको मङ्गलबार बाट मुख्य बजारहरुमा अनुगमणमा निस्किएको टोलिमा प्रहरी प्रशासन,गाउँपालिका उद्योग बाणिज्य संघ साखाका प्रतिनिधी सुस्मिता मिश्र, स्वास्थ्य निकाय, लगायतको टिम ले उमाकुण्ड गाउँपालिका अन्तर्गत वडा १ गुम्देल देखि भुजि सम्म नै अनुगमनलाई तिब्रता दिएको छ ।
बजार अनुगमणको क्रममा बढि जसो म्याद नागेका सामानाहरु बढि पाईएको र त्यस्ता खाद्य सामाग्रीहरुलाई नस्ट गरिएको पनि संयोजक तथा उपाध्यक्ष कार्कीले सिदा खबरलाई बताउनु भयो । साथै अनुगमणका क्रममा कतिपय होटल ,पसलहरु दर्ता नगरी सञ्चालन गरिएको पाइएकोले त्यस्ता पसलहरु अनिवार्य रुपमा दर्ता गर्न निर्देशन दिएको बताउनु भयो ।

चाडपर्वको बेला कतिपय पसलहरुमा खाद्यान्न लगायत अति आबश्यक सामाग्रीहरुमा मुल्य बृदि सँगै नागारिकले म्याद नागेका खाद्यान्न लगायतका सामानाहरु उपभोग गर्न बाध्य भएको गुनासो आएपछी गाउँपालिकाले अनुगमन गरेर त्यस्ता सामानहरु नष्ट गरेको हो । साथै ब्यापारीले सामानहरु बिक्री गर्दा एकैखालको नाप तौल प्रयोग गर्न पनि ब्यापारीहरुलाई आग्रह गरिएको उपाध्यक्ष कार्कीले बताउनु भयो । ब्यबसाय सबैले गर्न पाउँनु पर्छ तर ब्यबसायको नाममा अखाद्य सामानहरुमा सोझा सिदा नागारिकलाई छल्न पाइदैन उपाध्यक्ष कार्कीले बताउनु भयो । बाम्ति, प्रिती,भुजि , गुप्तेश्वर,गुम्देल लगायत का ठाउँहरु उमाकुण्डका मुख्य बजार क्षेत्र मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय