
सोलुखुम्बुका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलयय सोलुखुम्बुका कोरोना फोकल पर्सन रामकुमार बिश्वकर्माका अनुसार ८२ मेगावाटको तत्लो सोलु हाइडोपाबरमा कार्यरत ५४ जनाको पिसिआर परिक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
तल्लो सोलु हाईड्रोपावरले ओखलढुंगा जिल्ला अस्पताल रुमजाटारको समन्वयमा २७ गते स्वाब संङकलन गरि पिसिआरका लागी पठाएको मा ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा ९ जना जिल्ला बाहिर चितवन, हेटौडा र भारितय नागरिक रहेको छन भने २ जना जिल्लाका रहेका छन ।
सोलु दुधकुण्ड नगरपालिका ११ का २९ बर्षिया पुरुष र ३९ बर्षिय महिलालाई जिल्ला अस्पताल फाप्लुको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ भने ९ जनालाई होटल आइसोलेसन काठमाडौ पठाइको बिश्वकर्माले बताउँनुभयो । उनीहरुको कन्ट्रयाक ट्रेसिङमा परेका ३ सयजनाको भोलि स्वाब संकलन गरिने हाईड्रोवारले जनाएको छ ।
अस्पतालको कोभिड आइसोलेसनमा बस्नेको सख्या ४ पुगेको छ । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । हालसम्म ६ सय २ को पिसिआर परिक्षण भएको छ । जसमा २० जनाको रिपोर्ट पोजेटिभ आएको कार्यलयको तथ्याङक छ । थुलुङ दुधकोशी गाउँपालिकाका २ जना, सोलु दुधकुण्ड नगरपालिका ९ जना र बाकी जिल्ला बाहिरका रहेको फोकल पर्सन बिश्वकर्माले जानकारी दिनुभयो ।