
सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ स्थाई घर भई हाल क्यानाडा ल्हाक्पा ओङ्छु शेर्पाले भकान्जेमा रहेको चन्द्रज्योती माबिलाई १४३ थान झोला सहयोग गर्नुभएको छ ।
बिद्यालयका बाल कक्षा देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई लाक्पा ओङछु शेर्पाका बुवा सुम्बादोर्जी शेर्पाबाट कक्षागत रुपमा बितरण गर्नुभएको प्रधानध्यापक लाक्पा शेर्पाले बताउनु भयो । बिदेशमा रहेर पनि आफ्नो जन्मभुमि प्रति सहयोगी शेर्पाले देखाएको मायाँ प्रति बिद्यालय परिबारले खुसि ब्यक्त गरेको छ ।