BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिका को सिमानास्थित लिखुखोलामा निर्माणाधीन एमभी दुगड समूहको जलविद्युत आयोजनाले भने मापदण्ड बेवास्ता गर्दै ४७ जना कामदारलाई टिपर र सार्वजनिक बसमा राखेर सोलुखुम्बुबाट बर्दिया पुर्‍याएको प्रति उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले स्थानिय निकायलाई छलेको बताउनुभयो ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित जलविद्युत आयोजनाको क्वारेन्टिनमा रहेका बर्दियाका ४७ जना कामदार कम्पनीमै रहेको समयमा कोरोना संक्रमण भएपछि टिपर र बसमा राखेर बर्दियाको मधुवन नगरपालिकामा पुर्‍याएका को बिभिन्न सञ्चार माध्यममा खबर आएपछि मात्र आफुलाई थाहा भएको उपाध्यक्ष कार्कीले बताउनु भयो । उपाध्यक्ष कार्कीले भन्नुभयो । हामीले आयोजना सञ्चालन गर्दैगर्दा सोझा सिदा नागारिकहरुको मागलाई सम्बोधन गरियोस भन्यौ , कोरोनाको कहर सुरु हुनसाथ आयोजनाबाट प्रभाबित क्षेत्रको समुदाय स्थर सम्म कोरोणा फैलिन नदिन आयोजनालाई गाउँपालिका बाट पटक पटक बाहिरी तराईका जिल्लाहरुबाट कर्मचारी नल्याइयोस
भनियो तर दुगट हाइड्रोपावरले अटेर गरिनै रहयो ।
साथै उहाँले गैरकानूनीरूपमा संक्रमितहरूलाई सोलुखुम्बुबाट गत २० गते बर्दिया पुर्‍याएको खबर आईरहेको र ‘अहिले नेपालको कानून र संघीय सरकारको निर्देशनअनुसार जहाँ संक्रमण देखियो संक्रमितहरूलाई त्यहीँ आइसोलेशनको व्यवस्था हुनुपर्ने त्यो नभएर कम्पनीले गैर जिम्बेवारी काम गरेको बताउनु भयो । अब जो संक्रमित मजदुरहरुसँग नजिक रहेक सबै नागारिकहरुलाई तत्काल बिना शुल्कमा पिसिआर चेक गर्न कम्पनीलाई जोडदार माग समेत गर्नुभयो ।

अहिले दुगड समूहले सहायक कम्पनीमार्फत लिखु खोलामा १५७ मेगावाटको ३ वटा आयोजनाको काम भइरहेको छ । सो समूहले ७७ मेगावाटको लिखु–१ आयोजना पान हिमालय इनर्जी प्रालि, ५१ मेगावाटको लिखु–२ आयोजना ग्लोबल हाइड्रोपावर एसोसिएट्स प्रालि र २९ मेगावाट क्षमताको लिखु ए आयोजना नुम्बुर हिमालय हाइड्रोपावर प्रालिमार्फत निर्माण भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय