BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सेर बहादुर सुनुवारले दुगट हाइड्रोपावरले स्थानिय तहलाई खेलौनाको रुपमा सम्झिएको बताउनु भयो । केहि दिन अगाडि मात्र बर्दिया बाट ल्याइएका ४७ जना मजदुरीलाई कोरोणा पोजेटटिप देखिएपछि “जलविद्युत आयोजनाले संक्रमित व्यक्तिहरुलाई आईसोलेसनमा राखी उपचार गर्नुपर्नेमा गाउँपालिकालाई समेत कुनै जानकारी नदिई गैरकानुनी हिसावले संक्रमित कामदार फिर्ता गर्नु गम्भीर अमानवीय कार्य हो । यस किसिमको अमानवीय कार्यप्रति उमाकुण्ड गाउँपालिका खेद प्रकट गर्दछ ।” सिदा खबरसँग भन्नुभयो ।

आयोजनाको यस्तो गतिविधिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको गाउँपालिकामा झन् जोखिम बढ्नसक्ने खतरा बढेको भन्दै संक्रमित व्यक्तिहरुको सम्पर्कमा गएका व्यक्तिहरुको पीसीआर परीक्षण गर्ने कामलाई तत्काल अगाडि बढाउन र कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि कुनैपनि सुरक्षा मापदण्ड र सतर्कता आयोजनाको तर्फबाट नअपनाएकाले आवश्यक सुरक्षा सतर्कता र मापदण्ड पूरा गरेर मात्र आयोजनाको काम अगाडि बढाउन उमाकुण्ड गाउँपालिकाले सूचना जारी गरेको समेत बताउनु भयो ।

यसअघि पनि गाउँपालिकाले कोरोणाको महामारीमा आयोजना सञ्चालन गर्दा स्थानिय बासीहरुको मर्म बुझेर मात्र आयोजना सञ्चालन गर्न पटक पटक छलफल तथा दबाब दिएको थियो । तर त्यसको कुनै वास्त नगरि आयोजना सञ्चालन गरिरहेको पाईएको छ । यस अघि पनि गाउँपालिकाले कोरोणा समुदायमा फैलिए यसको जिम्मा दुगट हाइड्रोपावरले लिनु पर्ने बताउँदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय