BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर -३ मा रहेको हिमगंगा मा.वि ले कोरोना जोखिमको कारण देखाउदै अर्को सुचना नआए सम्मको लागि पठनपाठन बन्द गरेको छ। एम . भि . दुगडले लिखुखोलामा संञ्चालन गरेको हाइड्रोपावरमा कार्यरत ठूलो संख्याका श्रमिकहरुमा कोरोना पोजेटिभ देखिए पछि विधालयले पठनपाठन बन्द गरेको हो । हाइड्रोपावरमा कार्यरत श्रमिकहरुमा कोरोना पुष्टि भएको खबर गाउँपालिकाले थाहा पाएर पनि हामीलाई शतर्क रहन कुनै पत्रचार नगरेको प्रती विधालयले दु:ख व्यक्त गरेको छ ।

गत ११ गतेबाट लिखुपिके गाउँपालिका भरका विधालयमा न्युनतम स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुरु भएको थियो । पालिका परिसरमै रहेको विधालयले पठनपाठन बन्द गरेपछि अन्य विद्यालयले पठनपाठन बन्द गर्ने जानकारी दिएका छन । लिखुपिके गाउँपालिकाकै वडा न ५ मा रहेको चन्द्रज्योती माबिका प्रधानध्यापक लाक्पा शेर्पाले भन्नुभयो बिद्यार्थीहरुलाई सामाजिक दुरी कायम गर्दै अध्यापन गराउँदा लामो समय पठ्न पाठन बन्द भएका बिद्यार्थीहरुमा खुसि छायको थियो अब फेरि बन्द गर्नुपर्ने भयो भन्दै कस्तो रोग आएको भन्दै दुःख ब्यक्त गर्नुभयो । लिखुपिकेमा पछिल्लो समय कोरोना महामारी समुदाय स्तरमै फैलिन सक्ने सम्भावना बढेको भन्दै स्थानिय अभिभाबक बिद्यार्थी तथा शिक्षक भने चिन्तामा देखिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय