BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकु्ण्ड गाउँपालिकाको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधिन हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ जना मजदुरमा कोरोणा पोजेटिप देखिएको छ । केहि दिन अगाडि ठेकेदार मार्फत आएका ति मजदुरको किन्जामा पिसिआर चेक गर्दा कोराणा पोजेटिप देखिएको हो । रिपोर्ट पोजेटिप देखिन साथ कम्पनीले सिधै बर्दिया पठाएको मधुवान नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रिले बताउनु भयो । आफ्नो गाउँपालिकाका स्थानियलाई कम्पनीकै क्वारेन्टाइनमा नराखि सिधै रातारात बर्दिया पठाएको प्रति नगर प्रमुख क्षेत्रिले यसको जिम्मा हाइड्रोपावर कम्पनीले लिनु पर्ने बताउनु भयो । उनीहरुलाई त्यहाँ कोरोणा चेक गर्दा पनि सबैलाई पोजेटिप देखाएको पनि प्रमुखले बताउनु भयो ।


यता स्थानिय बासीहरुमा भने यस्तो महामारीको बेलामा पनि कम्पनीले कोरोणाको खासै वास्ता नगरेको आरोप लगाएका छन । नेपालमा दिनानुदिन कोरोणा संक्रमित बढिरहेको बेला कम्पनीले वेवास्त गरेको भन्दै स्थानियहरुले आक्रोस पोखेका हुन ।
हाइड्रोपावर बन्नु पर्छ तर यस्तो बेलामा यति धेरै संक्रमित हुँदा पनि त्यहिँ बनाईएको क्वारेन्टाइनमा राख्नुको सट्टा रातारात बर्दिया बठाईएको छ अब गाडिमा आवत जावत गर्दा अन्य ब्यक्तिलाई पनि सर्न सक्छ यस प्रति कम्पनी तथा सम्बन्धित गाउँपालिकाको ध्याँन किन नगएको एक स्थानियले सिदा खबरलाई बताउनु भयो ।


अहिले निर्माणधिन हाइड्रो पावरमा लिखुपिके तथा उमाकुण्डका स्थानिय बासिहरु समेत काम गर्दै आइरहेका छन उनीहरुकै माध्यमबाट कोरोणा समुदायमा फैलिए यस्को जिम्मा कस्ले लिने हाइड्रोपावर कम्पनीले यस प्रति प्रभाबित क्षेत्रका गाउँपालिकाले पनि सोच्नु प्रमुख आबश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय