BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

प्रदेश नम्बर १ का मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास राज्यमन्त्री बिच कार्यसम्पादन सम्झौता भएको छ । प्रदेशको दिगो विकासका लागि मुख्यमन्त्री शेरधनराई र राज्यमन्त्री अम्बिरबाबु गुरुङ बिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७९।७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनका अतिरिक्त नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ बमोजिम मन्त्रालयको कार्यक्षेत्रका कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न मुख्यमन्त्री राई र राज्यमन्त्री गुरुङले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर पछि राज्यमन्त्री गुरुङले कार्यसम्पादन सम्झौताको नयाँ प्रणालीले असल परिणाम ल्याउने बताएका छन् । प्रदेशको समृद्धिका लागि कार्यसम्पादन सम्झौता कार्यान्वयन गरेर अघि बढ्ने उनले बताए । ‘हामी १ नम्बर प्रदेशलाई १ नम्बर बनाउने अभियानमा छौं । मुख्यमन्त्री ज्यूसँग कार्यसम्पादनको सम्झौता पनि भयो । अझ थप प्रकृयामा रहेर काम गर्न सजिलो हुन्छ ।’ राज्यमन्त्री गुरुङले भने,‘प्रदेशका १४ वटै जिल्लामा सामानुपातिक विकास र सम्भावनाको खोजि गरेर सरकारले काम गरिरहेको छ । यसवर्ष थप रचनात्मक काम हुनेछन् । विगतका कामको पनि नतिजा देखिन थालेको छ ।’ सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रणलगायत स्थानीय तहलाई सबलीकरण गर्ने, मन्त्रालयसँग सम्बन्धित विकास निर्माणका कार्यहरूलाई चुस्त, दुरुस्त र प्रभावकारी कार्यान्वयनमा ल्याउने राज्यमन्त्री गुरुङले बताएका छन् ।

सबैको सामूहिक प्रयासले कार्यसम्झौता अनुसार काम हुने भएकोले मातहतका सबै निकायमा सोही अनुसारको निर्देशन दिईने उनको भनाई छ । ‘यो सम्झौता आफैमा दस्ताबेज हो’ राज्यमन्त्री गुरुङले भने, ‘समय समयमा यसको समीक्षा गर्नेछौँ । र थप रचनात्मक काम गर्न प्रयत्न गर्नेछौं ।’ दिगो विकास र रुपान्तरणका लागि जुट्न राज्यमन्त्री गुरुङले सबैमा आग्रह गरेका छन् ।

१ नम्बर प्रदेशका मुख्यमन्त्री राईले प्रदेशका सबै मन्त्रालयका मन्त्री र राज्यमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय