BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

रामेछापको उमाकुण्ड गाउँपालिकाले कोभिड १९ अस्थाई अस्पताल निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र रहेको स्थान उमाकुण्ड ४ प्रितिमा कोभिड १९ अस्थाई अस्पतालको गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले उद्धघाटन गर्नु भएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष सुनुवार, गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की दुबैले संयुक्त रुपमा अस्पतालको उद्धघाटन गर्नु भएको हो । उद्धघाटन कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष सुनुवारले हामी सवै मिलेर कोरोना संक्रमणलाई जित्नु पर्ने धाराना राख्नु भयो । साथै यस्तो दुर्गम ठाउँमा पनि सेवा गर्न तयार भई सेवाको निम्ति हाजिर हुने डाक्टर लगाएतको स्वास्थ्य कर्मिहरु प्रति पनि आभार व्यक्त गर्नु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले महामारीको रुपमा फैलिरहेको कोरोणा भाईरस बाट बच्न सधैँ सचेत रहन सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुमार पैकरा र अस्पतालको डाक्टर पेमा देचेन गुरुङको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय