BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डारमा बसेर शिक्षा,स्वस्थ्य तथा कृषि क्षेत्रमा विकास गर्दै जीवनभर निरन्तर समाजसेवामा लागिरहेको विकासे बाजे नामले चिनिने नेपाल समाज सेवा संघको संस्थापक तथा वर्तमान अध्यक्ष उपेन्द्र प्रसाद घिमिरेको १३ ओैँ दिनको पुण्य तिथिमा संघले शनिबार एक श्रद्धाञ्जली सभा आयोजना सम्पन्न गरेको छ ।

बि.सं १९९० जेठ २ गते दोलखा जिल्लाको मैनापोखीमा जन्मेर पुरोहित कामको सिलसिलामा रामेछापको बाम्तीभण्डारमा आउनुभएको घिमिरेको ८८ बर्षको उमेरमा गत असोज ५ गते काठमाडौमा निधन भएको थियो ।
तेह्रौं पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा निवर्तमान व्यवस्थापक रोकट बस्नेत,वडा अध्यक्ष खम्बध्वज बस्नेत,शिक्षाविद् ज्ञान बहादुर क्षेत्री,वडा सदस्य टेकबहादुर बराइली, अप्सरा कार्की लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि,समाजसेवी , बुद्धिजीवी तथा बाम्तीभण्डार क्षेत्रका जनसमुदायहरूको उपस्थिति थियो ।

स्वर्गीय उपेन्द्र प्रसाद घिमिरे प्रति श्रद्धाञ्जली अर्पनु गर्दै अतिथिहरूले भावुक रूपमा उहाँले गर्नुभएको विकास निर्माण कार्यकाे चर्चा गर्नुभएको थियो । सोही क्रममा वडा अध्यक्ष खम्बाध्वज बस्नेतले बाम्तीभण्डार बासीले एउटा अभिभावक गुमाएको र उहाले देखाएको बाटोमा सबै लाग्नुपर्ने बताउनुभयो । साथै निवर्तमान व्यवस्थापक रोकट बस्नेतले भावुक हुदै अब नेपाल समाज सेवा संघले नेतृत्व गुमाएको कारण हामी प्रति दायित्व थपिएको र अब संस्थालाई पुनः स्थापित गर्न साधारणसभा गरि छिट्टै टुंगो लगाउने बताउनुभयो ।

लामो समय संगै सहकार्य गरेर काम गरिएको अनुभव सुनाउँदै शिक्षाविद् ज्ञानबहादुर क्षेत्रीले उहाँ धेरै लगनशील र कृषिको माध्यमबाट नै विकास चाहने व्यक्ति भएको बताउनुभयो । पञ्चायती व्यवस्थामा प्रधान पञ्चा भएको घिमिरेले डाक्टर वाल्टर लिम्भावसंग मितेरी साइनो जोडेर बाम्तीभण्डारमा शिक्षाको विकास गरिएको पनि शिक्षाविद् क्षेत्रीले बताउनुभयो । सिद्धेश्वर पब्लिक क्याम्पस प्रमुख जगदीश बस्नेतले घिमिरे नयाँ कुराको खोजी गरि लागु गर्ने स्वभावको भएकोले उहाँले आम जनतालाई प्रेरणा छाडेर गएको बताउनुभयो ।

बि.सं. २०३७ सालमा नेपाल समाज सेवा संघको स्थापन गरि बाम्तीभण्डार लगायत आसपासका क्षेत्रमा चियाखेती, स्वच्छ खानेपानी, गरीबी निवारण लगायत विभिन्न स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सफल दुई छोरा र एक छोरीको बुबा उपेन्द्र प्रसाद घिमिरेसंग धेरै लामो समय विभिन्न क्षेत्रमा काम गर्ने मौका पाएकाले उहाँ भविष्यको कुरालाई पहिले नै पहिचान गर्ने दुरदर्शि व्यक्ति रहेको राजनीतिक दलका प्रतिनिधिहरूले बताउनुभयो ।

पेशागत हिसाबले पुरोहित भए पनि पछिल्लो समय उक्त पेसालाई छाडेर राजनीति र समाजसेवामा लागेको घिमिरे सबैको प्यारो भएको सुनिन्छ । हरेक प्राणीको अन्त्य पछि मात्र गुणगान हुने बताउदै घिमिरेको निधनले रामेछाप लगायत आसपासका क्षेत्रमा ठुलो क्षति पुगेको नेपाल शेर्पा संघ उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पेमनुरी शेर्पाले बताउनुभयो ।

विकासका संवाहक मानिने घिमिरेले विभिन्न स्थानहरूमा ओम कृषि फार्मको नाममा अक्ष्याकोषको स्थापना गर्नुभएका छन् । विगत चार बर्ष अगाडि लौरो टेक्दै हिडेर आफ्नो उपदेश बाड्ने क्रममा उहाले अझै समाज विकासका निम्ति आफ्नो विभिन्न योजना रहेको र उक्त योजना सफल बनाउन स्थानीय मिडियाले पनि साथ दिनुपर्ने बताउनुभएको थियोे ।

कृषिमा नयाँ प्रविधि भित्र्याउन र बाम्तीभण्डारमा बजारीकरण गर्न स्वर्गीय उपेन्द्र प्रसाद घिमिरेको ठुलो भुमिका रहेको यहाँका स्थानीयहरू बताउँछन् । त्यसैले उहाँले चालेको राम्रो कार्यहरूलाई सबैले साथमा लिएर अगाडि बढ्न सकियो भने अवस्य फाइदा हुने देखिन्छ । हाम्रो पनि घिमिरे प्रति हार्दिक श्रद्धाञ्जली ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय