BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा ५ मा रहेको चन्द्रज्योती माध्यमिक विद्यालयले कक्षा सञ्चालन गरेको छ । असोज १४ गतेको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार यही असोज १५ गतेबाट विद्यालय खोली कक्षा सञ्चालन गरेको हो । कोरोना महामारीले लामो समयदेखि ठप्प भए पनि सुरक्षाका विभिन्न शर्तहरु राखेर कक्षा सञ्चालन भएको प्रधाध्यापक लाक्पा शेर्पाले बताउनु भयो ।

अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समितिले गरेका शर्तहरुमा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, दैनिक ज्वरो चेक गरिने, कक्षामा सामाजिक दुरी कायम गरिने, दैनिक रुपमा आफ्नै बेन्चमा मात्र बस्नुपर्ने, सामुहिक रुपमा अतिरिक्त क्रियाकलाप सन्चालन नगरिने र टिफिन समय नदिइने रहेका छन । त्यस्तै दैनिक रुपमा साबुन र पानी बोक्नुपर्ने, धारा सहितको प्रत्येक कक्षामा हात धुन बाल्टिनको ब्यवस्थापन गर्ने, पानी पिउन भिडभाड नहोस भनी प्रत्येक कक्षामा खानेपानी जग उपलब्ध गराउने, सामाजिक दुरी कायम गर्दै बिदा हुने, कक्षामा पालैपालो जान लगाउने, सेनिटाइजर दैनिक प्रयोग गर्ने होस्टेल बस्ने सबैको पीसीआर जाँच गरिने रहेको पनि प्रधानध्यापक लाक्पा शेर्पाले बताउनुभयो । लिखुपिके गाउँपालिकाका अन्य बिद्यालय भने केहि दिन अघि नै खुलिसकेका छन । वडा न ३ मा रहेको हिमगंगा माबिको भने आइतबार बाट कक्षा सञ्चालन हुने बताइएको छ । लामो समय बिद्यालय बन्द हुँदा बिद्यार्थीहरु अन्योलमा परेका थिए । अब भने बिद्यालय सधैँ खुले हुन्थ्यो खुसि हुँद‌ै एक बिद्यार्थीले सिदा खबरलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय