BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीन जनाको कोरोनाबाट मृत्यु र १८२ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा सुनसरीका दुई पुरुष र मोरङकी एक महिला रहेका छन् । यसप्रदेशमा कोरोनाबाट हालसम्ममा ७४ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमितमा ६० महिला र १२२ जना पुरुष रहेका छन् । 

थपिएका सङ्क्रमितमा मोरङमा ९८ जना मध्ये विराटनगरमा ६८, सुनसरीमा ६८, झापामा सात, ताप्लेजुङ र भोजपुरमा एकएक तथा प्रदेश बाहिरका सात जना रहेका  छन् ।

हालसम्ममा यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९८० पुगेको छ भने आज विभिन्न स्थानबाट १७४ जना निको भएर घर फर्किएका छन् । यसप्रदेशमा कोरोनाको उपचार पछि घर फर्कनेको सङ्ख्या तीन हजार २७२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९७८ जना सहित एक लाख २४ हजार ७२३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय