BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

बितको २४ घण्टामा काठमाडौंमा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी मोरङमा १०५, कैलालीमा १६१, रुपन्देहीमा ९१ सहित अन्य विभिन्न जिल्लामा गरी बितेको २४ घण्टामा मात्रै १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको जानकारी दिएको छ । यस्तै हालसम्म ५७ हजार ३८९ जना कोरोना मुक्त हुँदा देशभर सक्रिय संक्रमिमतको संख्या २१ हजार ८३० पुगेको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेको जानकारी दिए । 
यस्तै हाल देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल ५०९ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय