
दोलखाको शैलुङ गाउँपालिकामा आफ्नै श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । शैलुङ गाउँपालिका वडा नम्बर–८ नानागाउँकी ४७ वर्षीया श्रीमती दुर्गा माया श्रेष्ठले उनका ५२ वर्षीया श्रीमान् हस्त नारायण श्रेष्ठलाई खुकुरी र कोदालो प्रहार गरी हत्या गरेकी हुन् ।
सामान्य घरायसी विवाद कारण गए राति करिब १२ः३० बजेको समयमा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा श्रीमान् हस्त नारायण श्रेष्ठको घट्ना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनु भयो । हत्या गर्ने श्रीमती दुर्गालाई भने घट्नास्थलमा खटिएको प्रहरी चौकी भैसेको टोलिले नियन्त्रणमा लिएको छ ।
अहिले मृतक पुरुषको शवको मुचुल्का उठाउने काम भइहेको छ । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिनु भयो ।कालिञ्चोक एफएम