
कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास हुनु पहिले यसको संक्रमणबाट २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ।
हालसम्म करिब १० लाख कोरोना संक्रमितको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स विश्वीद्यालयका अनुसार ९ लाख ८७ हजार ७७५ संक्रमितको ज्यान गइसकेको हो। त्यस्तै ३ करोड २४ लाख ७७ हजार बराबर संक्रमित भइसकेका छन्।
डब्लूएचओका आपतकालीन सेवा प्रमुख डा. माइक रायनले पत्रकारसँगको कुराकानीमा २० लाख संक्रमित मानिसको मृत्यु ‘असम्भव नभएको’ बताएका हुन्। उनले हाल मृत्युदर घटे पनि २० लाख मृतक संख्या पुग्ने बताए।