
एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत यस बर्ष रामेछापका १६ वटा विद्यालय छनौट भएका छन् । हरेक विद्यालयमा एक नर्स राख्ने नीति अनुसार बागमती प्रदेश सरकारले यस बर्ष रामेछापको १६ वटा विद्यालय छनौट गरेको हो ।
जस अनुसार रामेछापको उमाकुण्ड गाउँपालिकाको सिद्देश्वर मावि बाम्ती सहित कैलेश्वर माबि गुप्तेश्वर , गोकुलगंगा गाउँपालिको शारदा मावि ठोसे सहित १६ वटा बिद्यालय छनोट परेको हो । यस बर्षबाट नर्स राखिने भएपछी उक्त बिद्यालयका बिद्यार्थी र शिक्षकहरुमा खुसियाली छाएको छ।
साना तिना स्वास्थ्य समस्या पर्दा बिद्यालयमै स्वास्थ्य समस्याको समाधान हुने हुँदा बिद्यार्थीहरुमा खुसि छाएको हो ।