BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |


सोलुुुखुम्बुुुको लिखुपिकेे गाउँपालिका गाउँ शिक्षा समितिको आईतबार बसेको बैठकले आगामी असोज ११ गतेबाट सबै बिधालयहरुमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। कोभिड – १९ कोरोना भाइरसका कारण नेपाल सरकारको निर्देशनमा लामो समय बन्द रहेका बिधालयहरु खोल्न स्थानीय तहले आफ्नो क्षेत्रमा पहल गर्न लागेको शिक्षा संयोजक प्रेम बहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले असोज ५ देखि ९ सम्म विद्यार्थी भर्ना अभियान चलाउने , पालिका बाहिर रहेका शिक्षकहरु लाई आगामी ८ गते भित्र पालिकाले तोकेको क्वारेन्टाइनमा आएर एकमुष्ठ PCR टेस्ट गर्न लगाउने , ११ गतेबाट नियमित कक्षा संचालन गर्ने , कक्षा १-५ मात्र सन्चालन गर्ने विधालयले सबै विद्यार्थी लाई पठनपाठनमा सहभागी गराउन सक्ने, कक्षा ६-१० सन्चालन गर्ने विधालयले आफ्नो विधालयको साधन स्रोत र कक्षा कोठा हेरेर सबै विद्यार्थी वा आधा विद्यार्थी लाई मात्र समय मिलाएर कक्षा सन्चालन गर्न निर्देशन दिएको बस्नेतले जानकारी दिनुभयो। कक्षा सन्चालन गर्दा सरकारले तोकेको न्युनतम स्वास्थ्य मापदण्ड लाई अनिवार्य रुपमा लागू गर्न माक्स, सेनिटाइजर , साबुन र सामाजिक दुरि लाई पालना गर्न सबै बिधालय लाई अनुरोध गरिएको छ । सुरक्षाका सामाग्री उपलब्ध गराउन पालिका लाई आग्रह गरिएको र पालिकाले पनि सबै सामाग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको स्पष्ट पार्नुभयो । तोकिएको समयमा आफ्नो विधालयमा उपस्थित नहुने शिक्षकहरुको प्रथम चौमासिकको तलव भत्ता रोक्ने निर्णय पनि बैठकले निर्णय गरेको छ । शिक्षा ऎन लागू भएपछी विधालय व्यवस्थापन समिति गठन नगर्ने विधालय लाई आगामी मंसिर १५ गतेसम्मको समय सिमा दिएको बैठकले आगामी ९ गते सबै विधालयमा सुरक्षाका सबै मापदण्ड पूरा गरि अभिभावक बेला गरेर सुझाव लिनेदिने कार्यतालिका बनाएको पनि बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय