BREAKING
संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न | ऐतिहाँसिक लिखुपिके ५ भकान्जेमा पुण निर्माणमा रहेको गुम्बाको ९० प्रतिशत काम पुरा | खिजीकातीका विद्यार्थीलाई चिसोबाट जोगाउन तातो जुत्ता वितरण | समृद्धि बचत तथा ऋण सहकारी सँस्थाको भवण उदघाटन |

रामेछापका ४३ जना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ५६ जना मध्ये ४३ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । अब जिल्ला अस्पतालमा २ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना र रामेछाप नगरपालिकाको आइसोलेशनमा ५ जना गरि १३ जना संक्रमितको उपचार भैरहेको छ ।

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये अब २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

अहिलेसम्मसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ५५ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय