BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ मा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

भालुको आक्रमणबाट जंगलमा मालिङ्गो काट्न गएका महाकुलुङ-३ छेस्कामका ३६ वर्षका प्रेम कुलुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले  जानकारी दिनुभयो ।

यस्तै, घाइते भएका कुलुङका भाइ २२ वर्षका चतुर कुलुङ,  महाकुलुङ गाउँपालिका वडा नम्बर ४ का वर्ष १९ का प्रेम कुलुङ, त्यही वडाका वर्ष २५ का सुजन कुलुङ, र वर्ष १९ का सन्तबहादुर कुलुङको उद्धार गरिएको छ ।

उनीहरुको स्वास्थ्य चौकी छेस्काममा उपचार हुन नसकेपछि थप उपचारको लागि बुङ स्वास्थ्य केन्द्र ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिनुभयो । ujilo oniline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय