BREAKING
लिखुपिके गाउँपालिकाका वडाहरुमा काँग्रेसको प्रतिनिधी सभा बिगटन बिरुद्ध प्रर्दशन | सोलुखुम्बुको छेस्काम माबिमा कुलुङ माथी भएको सांघातिक हमलाको काँग्रेस सोलुखुम्बु द्वार कार्बाहीको माग | नेकपा (ओली समूह)सोलुखुम्बुको अध्यक्षमा बास्तोला | संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न |

रामेछाप राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापले प्रहरी र जिल्ला अन्तर्गतको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । 
समितिले आज जिल्ला प्रहरी कार्याल रामेछापका प्रहरी नायव उपरीक्षक डिएसपी वसन्त पाठकको कार्यकक्षमै पुगेर त्यहाँ कार्यरत केही प्रहरी कर्मचारीलाई ४० थान एन–९५ मास्क वितरण हो । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेलाई पनि उहाँकै कार्यकक्षमा पुगेर १ थान स्ट्याण्ड सेनिटाइजर, ५ लिटरको  १ ग्यालिन सेनिटाइजर, २० पीस एन–९५ मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेखबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीको आइसोलसनमा रहेका ५ जना, रामेछाप प्रहरी हिरासतमा रहेका  २ जना, स्वास्थ्य कार्यालय रामेछापको आइसोलेसनमा रहेका ७ जना र होम आइसोलेसनमा रहेका ४ जना गरी जम्मा १८ जना कोरोना संक्रमित व्यक्तिलाई प्रति व्यक्ति १ लिटरको १/१ बोतल सेनिटाइजर, एक/एक बट्टा गुर्जो, एन–९५ मास्क २/२ पीसका दरले वितरण गरिएको थियो  । कोरोना संक्रमण देखिएसँगै हाल आइसोलेसन तथा होम आइसोलसनमा बसेका कोरोना संक्रमितलाई थप मनोबल बढाउन र यस महामारीको विषम परिस्थितमा पनि नागरिकको सुरक्षाका दृष्टिले अग्रपंक्तिमा खटिने प्रहरी र ट्राफिक प्रहरीलाई पनि केही हदसम्म कोरोनाबाट बच्न थप सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष विकले बताउनुभयो । साथै, कोरोना महामारीसँगको युद्धलाई परास्त गर्नका लागि लडिरहेका कोरोना संक्रमित व्यक्तिहरुप्रति समितिले स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको थियो । स्वास्थ्यलाभको कामनासम्बन्धी पत्र समितिका उपाध्यक्ष नबराज विश्वकर्माले पढेर सुनाएसँगै कोरानो संक्रमित १८ जनालाई उनीहरुको निगरानीमा खटिएका अधिकारीहरु मार्र्फत एक/एक प्रति उनीहरुलाई प्रदान गरिएको थियो । भेटका क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक वसन्त पाठकले पनि पत्रकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उच्च मनोबलका साथ नागरिकको सुरक्षामा अहोरात्र खटिरहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । यसैबीच, ट्राफिक प्रहरी प्रमुख पाण्डले पत्रकार र प्रहरीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुने भन्दै सहयोग गरेकोमा समितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै स्वास्थ्य कार्यालय रामेछापकी स्वास्थ्य प्रमुख विद्या खनालले आगामी दिनहरुमा पनि यस्ता सहयोेगी कार्यहरुलार्र्ई थप अघि बढाउँदै जान सुझाव दिनु भएको छ । यस महामारीको घडीमा स्वास्थ्यकर्मीहरु नै उच्च जोखिममा हुने उल्लेख गर्दै उहाँले आगामी दिनमा उनीहरुको बारेमा समेत सोचेर सहयोगी हातहरु अघि बढाउनुपर्ने सुझाव दिनुभयो । यसैगरी, यस महामारीको विषम परिस्थितिमा हामी पनि तपाइँहरुकै साथमा छौँँ, तपाइँहरु मात्रै हुनुहुन्न भनेर कोरोना संक्रमित व्यक्तिहरुलाई एक्लोपनको अनुभूत नहोस् भनेर थोरै भएपनि सहयोग लिएर उनीहरुबीच आफूहरु पुगेको सहयोग नेपाल संस्थाकी अध्यक्ष निर्मला नेपालीले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संंघ नेपाल, बागमती प्रदेशका प्रदेश सदस्य गम्भीर विश्वकर्माको पनि सहभागिता रहेको थियो । सहयोग नेपाल संस्थाकोे आर्थिक सहयोग तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापको समन्वयमामा उक्त स्वास्थय सामाग्री हस्तान्तरण गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय