BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न ४ को छुसा लगायतको स्थानमा भालुले किसानको बाली खाएर हैरान पारेको छ । जङ्गल नजिकै घरहरुमा बस्ति नै सखाप हुने गरि बालि नाली खाएको छुसाका दिलकुमारी भुजेलले बताउनु भयो । रातीको समयमा भालु आएर पाक्न लागेको मकै बालीलाई खाएर सखाप पारेको छ । दु:ख गरेर लगाएको पाक्ना लागेको बालीलाई क्षेति पुर्‍याएपछी किसान चिन्तित बनेका हुन । गएको बर्षमा पनि पाक्न लागेकाे मकै बालीलाई क्षेति पुर्‍याएपछी अब पाक्दो बालीलाई घरमा भित्र्याउन सकिदैन भन्ने चिन्तामा किसानहरु रहेको अर्का कृषक मोहन बहादुर भुजेलले बताउनु भयो ।

यसरी बर्षै पिच्छे जङ्गली जनावर भालु र दम्सिले बालीमा क्षेती पुर्‍याउन थालेपछी अब त्यस क्षेत्रका किसानहरु जमिन बाँजो राख्ना बाध्य भएका छन । भालु त बर्षा याममा मात्र दु:ख दिन्छ तर अर्को बालीको सत्रु दम्सिले पनि उत्तिकै दु:ख दिने कुरामा आफुहरु चिन्तित रहेको दल बहादुर भुजेलले बताउनु भयो । जुन खेती लगायो बाली पाक्ने समयमा खेती दम्सि र भालुले भित्राउनै पाईदैन भुजेलले बताउनु भयो । हो लिखुपिके गाउँपालिका सोलुखुम्बुका माथिल्लो क्षेत्रका बस्तीहरुमा भालुले र दल्लो क्षेत्रका बस्तीहरुमा दोम्सीले दु:ख दिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय