BREAKING
संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न | ऐतिहाँसिक लिखुपिके ५ भकान्जेमा पुण निर्माणमा रहेको गुम्बाको ९० प्रतिशत काम पुरा | खिजीकातीका विद्यार्थीलाई चिसोबाट जोगाउन तातो जुत्ता वितरण | समृद्धि बचत तथा ऋण सहकारी सँस्थाको भवण उदघाटन |

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको मुद्दा फिर्ता भएको छ । मुख्यमन्त्री राई आफ्नो पति भएको दावी गर्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी थिईन् । खड्काले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि आफुले दायर गरेका मुद्दा आरोप प्रमाणित गर्ने आधार नभएपछि  आफैंले फिर्ता लिएकी हुन् ।

अरुको दुरुत्साहनमा परि मुख्यमन्त्री राई विरुद्ध झुटो आरोप लगाएर मुद्दा दिएको र उक्त आरोप प्रमाणित गर्ने आफुसँग कुनै प्रमाण नरहेको भन्दै बालिकाले अदालतमा विचराधिन रहेको मुद्दा फिर्ता लिएकी छन् ।

अरुको उक्साहटमा लागेर मूख्यमन्त्री राई आफ्नो श्रीमान भएकोले अंशबण्डा पाँउ भनी उजुर गरेकोमा प्रतिवादी भनिएका राईलाई अदालतको म्याद नपुग्दै निबेदिका खड्काले मुद्दा फिर्ता लिएकी हुन् ।

मुख्यमन्त्री राईका विरुद्ध श्रृङ्खलावद्ध रुपमा लागेकि खड्काले दायर गरेको मुद्दा उपर काठमाण्डौ जिल्ला अदालतले कात्र्तिक १८ गते तारेख तोकेको थियो । अन्ततः बिना आधार प्रमाणको मुद्दा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ बमोजिम खड्काले फिर्ता लिएकी छन् । ‘सम्मानित जिल्ला अदालतमा दर्ता गरेको फिराद पत्रमा उल्लेखित व्यहोरा म आफु अरुको दुरुत्साहनमा परि विपक्ष शेरधन राईकी श्रीमती भनि दावी गरि अंश माग गरिएको हो । निज शेरधन राईसँग अंश माग गर्नका लागि श्रीमान श्रीमतीको नाता कायम भएको वा हुनसक्ने म सँग कुनै आधार प्रमाण नभएको र वास्तविकरुपमा हाम्रो त्यस्तो् कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायम हुन नसक्ने भएपनि म आफुले लिएको अंश दावि सावित गर्न नसक्ने प्रमाणित गर्न नसक्ने भएको हुँदा मिति २०७७/७/१८ को तारेख तोकि पाएता पनि उक्त तारेख आजका मितिमा खिची मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ बमोजिम यो मुद्दा फिर्ता लिएको कागज लेखि लेखाई श्री काठमाण्डौ जिल्ला अदालतमा चढाएँ ।’ यो व्यहोरा खड्काले मुद्दा फिर्ता लिन अदालतमा दर्ता गरेको निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय