
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा न २ बाम्तिभण्डारमा स्थापना भएको समृद्धि बचत तथा ऋण सहकारी सस्थाले आफ्नै भवणबाट सँस्थाको कारोबार सुरु गरेको छ । २०६८ सालमा स्थापना भएको सहकारी आफ्नो भबण नहुँदा रत्नज्योतीमा रहेको सरकारी जग्गामा भाडामा लिएर सहकारीले कारोबार गरिरहेको थियो । २०७५/०७६ सालको साधारण सभाको निर्णयबाट सहकारीको आफ्नै भबण निर्माण गर्ने निर्णय पास गरि अहिले सस्थाका सेर धनि सदस्य , देश बिदेशमा बसोबास गर्ने सम्पुर्ण सरोकारवालाको सहयोग बाट नयाँ भबण निर्माण भई आजबाट कारोबार सुरुवात गरिएको सहकारीका ब्यबस्थापक दिपक कार्कीले बताउनु भयो । उमाकु्ण्ड गाउँपालिकाको वडा न २ बाम्तिभण्डारमा मुख्य कार्यलयको रुपमा रहेको सहकारीको वडा न १ गुम्देल , र वडा न ३ कुँभुकाँस्थलीमा समेत साखा कार्यालय स्थापना गरि नागारिकलाई सेवा गर्दै आईरहेको उक्त सहकारीले आफ्नै भवणबाट कारोबार सुरु गरेकोमा सँस्थाका सेर धनि सदस्य तथा सेवा ग्राइहरु खुसि भएका छन ।
करिब १८ करोडको कारोबार गर्न सफल सहकारीले आफ्नो पक्कि भबण नहुँदा रकम सुरक्षित गर्न समस्या भोग्नु पर्छ कि भन्ने स्थिती अन्त्य भएको पनि ब्यबस्थापक कार्कीले बताउनु भयो । अब सँस्थाको सबै कारोबार रत्नज्योति स्थित सनराइज बैक भएको कार्यलय नजिकैको आफ्नै पक्कि भवणबाट हुने छ ।