BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

काठमाडौं । प्याजको मूल्य बढाएर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, काठमाडौं महानगरपालिका र वाणिज्य विभागका अधिकारीहरुले गरेको अुनगमनका क्रममा भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै अस्वभाविक मूल्य लिएर प्याज बेचेको पाइएपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं–१४ बस्ने ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, काठमाडौं–२० का ४६ वर्षीय सर्दिप तण्डुकार र बारा घर भई काठमाडौ–१३ बस्ने ५० वर्षीय हरिनारायण शाह कलवार रहेको प्रहरीले जनाएको छ ।
सोमबारसम्म प्याजको मूल्य प्रतिकिलो ७६ रुपैयाँ थियो तर उनीहरुले प्रतिकिलो एक सय ३० रुपैयाँसम्ममा प्याज बेच्ने गरेको पाइएको थियो ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । पक्राउ परेका सबै जनालाई कालोबजारी ऐन अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने वृत्तका डीएसपी अपिलराज बोहोराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय