
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा सार्न निर्देशन दिएकी छन् । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा पहिरोले ठूलो जनधनको क्षति गरे लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिएकी हुन ।
पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु’ र ‘भौगोलिक संवेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षीत क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।’राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ।