BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार भएको छ । उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ । ऊर्जमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको उनका प्रेस सल्लाहकार दयानिधी भट्टले जानकारी दिए ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई फेरि जिम्मेवारी दिने सहमति भइसकेको छ । मन्त्री पुनले सोहीबमोजिम चार वर्षका लागि घिसिङलाई नै कार्यकारी निर्देशक बनाउने प्रस्ताव तयार पारेका हुन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली, अध्यक्ष दाहाल र मन्त्री पुन निकटका स्रोतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई दोहोर्‍याइने बताएका छन् । प्रधानमन्त्रीका एक सल्लाहकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मन्त्री पुनले जसलाई अगाडि बढायो उसैलाई स्वीकार गर्ने र प्रधानमन्त्रीको तर्फबाट कुनै व्यक्ति नभएको बताएका छन् । कुलमानको सचिवालयका अनुसार आइतबार पनि उनले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेका छन् ।

यसबीचमा मन्त्रिपरिषद् बैठक भने बसेको छैन । पछिल्लोपटक भदौ १९ गते मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । त्यसपछि भदौ २५ गते बोलाइएको बैठक २६ गतेका लागि सरेको थियो । २६ गते नेकपा स्थायी कमिटीको बैठकका कारण स्थगित भएको थियो ।

प्रधानमन्त्रीको व्यस्तताले पछिल्लो समय मन्त्रिपरिषद्को बैठक बस्न नसकेको बताइएको छ । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट कुलमानबारे निर्णय हुने ऊर्जा मन्त्रालयले जनाएको छ । सोमबार मन्त्रिपरिषद् बैठक बस्ने सूचना भने आइतबार ४ बजेसम्म नआएको एक मन्त्रीले बताए ।

त्यस्तै, सरकारको प्रवक्ता र वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नेबारे पनि पनि भोलिको बैठकले निर्णय गर्नसक्ने बताइएको छ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय