BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

काठमाडौं । उद्योगी, व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा गरेर कोरोना संक्रमण रोकथामको प्रयास गर्नुभन्दा कोभिडको साथमा नै उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नुपर्ने काग गरेका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तामा उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीले कर्मचारी र कामदारको मनोबल उच्च बनाई सुरक्षाका उपाय अपनाएर उद्योग, व्यवसाय र बजार सञ्चालन गर्दा उपयुक्त हुने बताएका हुन् ।


संक्रमण फैलिएको ठाउँमा मात्र निषेधाज्ञा गर्ने र संक्रमितको राम्रो उपचारको व्यवस्था गरेमा उद्योग व्यवसाय चलायमान राख्न सकिने र अर्थतन्त्रमा नकारात्मक असर पनि नपर्ने परिसंघका पदाधिकारीको सुझाव दिएका परिसंघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उनीहरुले लकडाउन र निषेधाज्ञाका कारण सिर्जना भएको असहज परिस्थितिलाई मध्यनजर गरी कर तिर्न तोकिएको समयभन्दा एक महिना बढी समय दिन पनि राष्ट्रपतिको ध्यानाकर्षण गर्न पनि माग गरेका छन् ।

परिसंघका पदाधिकारीले कोभिडको समयमा पनि होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न दिनुपर्ने तथा नेपाल घुम्न आउने पर्यटकलाई १४ दिनको सट्टा तीन दिन क्वारेन्टिनमा राखेर पीसीआर रिपोर्ट नेगेटिभ आएमा घुमफिर गर्न दिनुपर्ने परिसंघको धारणा छ ।

संक्रमण रोकथाम गर्न सुविधा सम्पन्न उपचार केन्द्रको स्थापना, राम्रो क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गर्नुपर्ने भन्दै परिसंघले यस काममा निजी क्षेत्रबाट सञ्चालित अस्पताल र होटललाई प्रयोग गर्न सकिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय