BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |


रामेछापको उमाकुण्ड गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका काम तथा क्वारेन्टीन कक्षको शनिबार जिल्ला स्तरीय अनुगमन भएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन केन्द्रकी संयोजक रुद्रादेवी शर्माको नेतृत्वमा पालिकामा पुगेको टोलीले पालिकाले कोरोना नियन्त्रण तथा रोकथामका अहिलेसम्म गरेका काम र अन्य सेवा प्रवाहको अवस्थाका बारेमा अन्तरकृया पनि गरेको छ । गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरुले ग्रमीण भेगमा २० बर्षनै नपुगि बिबाह गरी बच्चा जन्माउने र बहुबिबाहका घटना बढेको , जन्म दर्ता जस्ता कामहरुमा कानुनी जटिलता आएको र पालिकामा सञ्चालन भैरहेको हाइड्रो पावरले स्थानीयको मागलाई बेवास्था गर्दै जवरजस्ती काम गरिरहेको गुनासो गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले कोरोना भाइरस महामारी र बिपद् ब्यवस्थाका लागि पालिकाले गरेको पहल र दैनिक रुपमा प्रवाह गरेको सार्बजनिक सेवाको गुणस्तर बृद्धि गर्न आफुले गर्नुपर्ने कामका बारेमा सुझाव लिन आफु पालिकामा आएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष सुनुवारले अहिलेसम्म आफ्नो पालिका कोरोना मुक्त पालिका रहेको बताउदै कोरोना नियन्त्रण तथा रोकथामका लागि पालिकाले आवश्यक क्वारेन्टीन कक्ष स्थापना सहित अन्य तयारीहरु गरिरहेको बताउनुभयो । उहाले वडा नं १ गुम्देलमा प्रहरी चौकी स्थापना , टेलिफोन तथा इन्टरनेट बिस्तारका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी लाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय