
चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ । कालिका नगरपालिका– ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिकको शनिबार बिहान रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा ज्यान गएको हो ।
करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको ज्यान गएको हो । श्रेष्ठलाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा र कुमालको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सुर्य थापाले जानकारी दिए ।