BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

दोलखाको जिरी नगरपालिकाले आमा बुवा दुवै नभएका बालबालिकालाई मासीक भत्ता उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षको आमाबाबु विहिन बालबालिका संरक्षण कार्यक्रम अन्र्तगत नगरपालिकाले भत्ता उपलब्ध गराउने भएको हो ।
मासीक भत्ता प्राप्त गर्ने बालबालिकाको आमा र बाबु दुवैको मृत्यु भएको वा दुवै वेपत्ता भएको हुनुपर्नेछ । १८ वर्ष उमेर पुरा नगरेको तथा ५ वर्ष उमेर पुरा गरेका बालबालिकाको हकमा विद्यालयमा भर्ना भई नियमीत विद्यालय जाने गरेको र कुनै गैरकानुनी वा अपराधिक कार्यमा संलग्न नभएको हुनुपर्नेछ ।
यस्ता बालबालिका वा उनिहरुको संरक्षक, पालनपोषण गर्ने व्यक्तिले भदौ ३१ गते भित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय