BREAKING
लामो समयको अन्योलका बिच हिमगंगा माबिमा अभिभावक भेला | बत्ति मुनिको अन्धकार लिखुपिके ६ दिनदेखि अबरुद्ध | जन्मभुमि बचत तथा ऋण सहकारीको १० ओैँँ साधारण सभा सम्पन्न, १२ लाख भन्दा माथि मुनाफा | ओखलढुंगाका कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन | गायिका सरिताको नाम्चे बजार चर्चाको शिखरमा | लिखुपिकेमा चट्याङ लागेर दुई महिला घाइते | बिधुत सट भएर लिखुपिके २ मा एक घर जल्यो | उमाकुण्ड गाउँपालिकाको नबौँ गाउँसभा सम्पन्न | काँग्रेस सोलुखुम्बु द्वार बिकास निर्माणका कार्यहरुलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण | हिउँमा कठ्याङग्रिएर जिल्ला हुलाक कार्यलयका एक कर्मचारिको ज्यान गयो |

काठमाडौं । ललितपुरका अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको  स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको छ । उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय