
काठमाडौं । ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ ।
प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।
हालसम्म मुलुकभर एक हजार दुई जना प्रशिक्षक र ३० हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । नेपाल रेडक्रसले आफ्नो स्थापनादेखि नै प्राथमिक उपचार सेवालाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेको छ ।