
काठमाडौँ । सिरहा कारागारका थप १७ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको नतिजा अनुसार १७ जना महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिकामा पनि संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख बविता कुमारी महतोले जानकारी दिईन् ।
उनका अनुसार कारागारमा रहेका १८ जना महिला कैदीबन्दी मध्ये १ महिलाको रिपोर्ट मात्रै नेगेटिभ आएको छ ।
यसअघि यस कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको थियो । बुधबार आएको रिपोर्टमा ५९ जना कैदीबन्दीमा एकैसाथ कोरोना संक्रमण देखिएपछि अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्दै परीक्षण गराउन थालिएको छ ।