
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ मा एकै घरमा तीनजना मृत फेला परेका छन्।
एकै घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत भेटिएका हुन् । तीन जनासँगै घरमा पालेको कुकुरसमेत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरको दोस्रो तलामा कुकुर, तेस्रो तलामा सम्झना र चौथो तलामा सुशान्तको मृत शरीर फेला परेको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकनरी दिईन् ।
घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोली पुगेको र‘तत्काल घटनाबारे केही भन्न नसकिने’, प्रहरी उपरीक्षक थापाले जानकारी दिईन् ।