
काठमाडौं । कोरोना भाइरसको पीसीआर रिपोर्टसम्बन्धी हल्ला फैलाएको अभियोगमा कास्कीमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ
पर्वतको मोदी गाउँपालिका – ७ घर भई पोखरा महानगरपालिका – ५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका – ४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार पक्राउ गरेको हो ।
उनीहरुले नेगेटिभ रिपोर्टलाई पोजेटिभ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।