
उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवार , उपाध्यक्ष उर्मिला कार्की सहित गाउँपालिका बाट केहि दिन अघि स्वाब संकलन गरि पठाएका ६९ जना सबैको रिपोर्ट नेगेेेेेटिप आएको उमाकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र पैकाराले सिदा खबरलाई बताउनु भयो । केहि दिन अघि बाम्ति र प्रिती गरी दुई ठाउँबाट स्वाब संकलन गरी धुलिखेल पठाएको थियो । स्वाब परिक्षण गर्दा रिपोर्ट नेगिटिब आएको प्रमुख पैकराले बताउनु भयो । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोणा भाईरसको जोखिम बढेसँगै आफु र आफ्नो पालिकाको रिपोर्ट नेगिटिप आवस भन्ने कामना गरेको थियौँ । नेगेटिभ आयो यस बिषयमा हामी खुसि छौ अझै सबैजना सर्जक रहौँ, उपाध्यक्ष उर्मिला कार्कीले बताउनु भयो । गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले कोरोणा परिक्षण गर्दैमा पोजिटिभ आउँछ भन्नेमा आफुहरु नआत्तिन सबैलाई आग्रह गर्नु भयो । कति पय ब्यक्तिले गलत हल्ला फैलाएकोमा यसो नगर्न पनि उहाँले अनुरोध गर्नुभयो । उमाकु्ण्ड गाउँपालिका हाल सम्म कोरोणा मुक्त गाउँपालिका रहेको छ ।