BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

दोलखाको जिरी नगरपालिकामा कोरोना संक्रमितको संख्या सुन्य रहेको छ । नगरबाट हालसम्म परिक्षणमा पठाइएका मध्ये सबैको रिपोर्ट नेगेटिभ पाइएको हो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण बिश्वले नै यति बेला ठूलो चुनौतीको सामना गरिरहेको छ ।

दोलखाको छिमेकी जिल्लाभर मात्रै नभएर जिल्ला कै भिमेश्वर नगरपालिका, गौरीशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका, र बैत्यश्वर गाउँपालिकामा समेत कोरोना संक्रमीत बढिरहेको बेला जिरी नगरपालिकामा भने अहिले सम्म कुनै पनि संक्रमीत नपाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अहिले सम्म ७२ जनामा गरिएको पिसिआर परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख टंक जिरेलले बताए । नगर प्रमुख जिरेलका अनुसार जिरी नगरपालिकाले कोरोना महामारीबाट बच्नको लागि सिङ्गो नगरबासीलाई सचेतनाको कार्यक्रमहरु गरि सुसूचित गरेको , कोरोनाबाट बच्नको लागि आवश्यक सम्पुर्ण तयारी अवस्थामा रहेको र जिरी नगरपालिका अहिले सम्म कोरोना मुक्त बन्न सफल भएको हो । उनले थपे-” यो नै हाम्रो जिरी नगरबासीको सफलता हो ।”

नगरको मुख्य नाकाहरुमा सावधानी पुर्बक कडाइ गरिदै आएको, आपत्कालिन आईसोलेसनको चुस्त ब्यवस्थापन गरिएको, स्वाब परिक्षणमा तिब्रता दिएको , टिम ग्रुप निर्धारण गरिएको, माक्स-सेनिटाईजरको प्रयोगमा अनिवार्यता गरिएको साथै सामाजिक दुरि कायम गर्न नागरिकलाई सुसूचित गरिएकोले नगरपालिका महामारीबाट सुरक्षित हुन सफल भएको नगरपालिकाले जनाएको छ । copy चोर्दुङ खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय