BREAKING
महान चाड बडादशैको आज आठौ दिन | खिजिदेम्बा गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा ईन्टरनेट जडान | उमाकुण्ड गाउँपालिका द्वारा बजार अनुगमन: म्याद नाघेका बस्तु नष्ट | सोलुखुम्बुमा थप ११ जनामा कोरोना संक्रमण | क्यानाडा निबासी भकान्जेका ल्हाक्पा ओङ्छु शेर्पाद्वार बिद्यार्थीलाई झोला सहयोग | स्थानिय निकायलाई छल्दै दुगड हाइड्रोपावर :उपाध्यक्ष कार्की | हाइड्रोपावरले स्थानिय तहलाई खेलौना सम्झियो :अध्यक्ष सुनुवार | दोलखाको तामाकोसी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि , सक्रमितको सङ्ख्या ८ पुग्यो । | कोरोनाको जोखिमका कारण हिमगंगाको पठनपाठन बन्द | लिखु हाइड्रोपावरमा काम गर्न आएका बर्दियाका ४७ मजदुरमा कोरोणा पोजेटिब |

काठमाडौँ ।  मनाङमा एक करार चिकित्सकका भरमा जिल्ला अस्पतालको सेवा प्रवाह हुँदै आएको छ। मनाङ जिल्ला अस्पतालमा कार्यरत एकजना चिकित्सकलाई पनि गण्डकी प्रदेश  स्वास्थ्य निर्देशनालयले पोखरा सरुवा गरे पछि मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो ।

 जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा. सन्तोष अधिकारी बाट सेवा प्रवाह हुँदै आएको छ । सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।

जिल्लामा दुई चिकित्सक, दुई स्टाफ नर्स, अहेब, सहयोगी गरी ११ जनाको दरबन्दी भए पनि अहिलेसम्म अस्पतालमा चिकित्सकसहित ४ जना करारका कर्मचराीले सेवा दिइरहेका छन् । जसमा एक चिकित्सक, एक नर्स, एक सिनियर अहेब र एक जना ल्याब टेक्निसियन रहेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय