BREAKING
लामो समयको अन्योलका बिच हिमगंगा माबिमा अभिभावक भेला | बत्ति मुनिको अन्धकार लिखुपिके ६ दिनदेखि अबरुद्ध | जन्मभुमि बचत तथा ऋण सहकारीको १० ओैँँ साधारण सभा सम्पन्न, १२ लाख भन्दा माथि मुनाफा | ओखलढुंगाका कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन | गायिका सरिताको नाम्चे बजार चर्चाको शिखरमा | लिखुपिकेमा चट्याङ लागेर दुई महिला घाइते | बिधुत सट भएर लिखुपिके २ मा एक घर जल्यो | उमाकुण्ड गाउँपालिकाको नबौँ गाउँसभा सम्पन्न | काँग्रेस सोलुखुम्बु द्वार बिकास निर्माणका कार्यहरुलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण | हिउँमा कठ्याङग्रिएर जिल्ला हुलाक कार्यलयका एक कर्मचारिको ज्यान गयो |

काठमाडौँ। ५० वर्षपछि सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो।

यसअघि उनले दुई दशक लामो समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुखको जिम्मेवारी बहन गर्दै आएकी थिइन् ।

यसअघि नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन् भने गुरुङ नेपालमा दोस्रो गुल्मपति हुन् । तीन दशक देखि प्रहरी सेवामा  काम गर्दै आएकी गुरुङ गुल्मपतिको जिम्मेवारीले आफूलाई थप ऊर्जा र उत्साह थपेको बताईन् ।

उनले २०४९ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा सुरु गरेकी हुन् ।  विसं २०६७ मा प्रहरी निरीक्षकमा बढुवा भएर आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय