BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टीम जमैका तलावास क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । ब्रायन लारा क्रिकेट एकेडेमी ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेट गुमाएको पुरा गरेको थियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन जोडेको थियो ।

खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन असफल भएका थिए । अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ । गुएना र सेन्ट लुसियाबीचको खेल बुधबार हुनेछ ।

फाइनल खेल भने बिहीबार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय