
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडाबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिएको खुलेको छ । मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५/०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो ।
अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ लिन खोज्दा स्थानीयस्तरबाट चर्को आवाज उठेको छ ।